१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता दुई जना मृत फेला

१२ साउन, काठमाडौं। रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुई जना मृत फेला परेका छन् ।  गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए ।

नेपाली सेनाले खोजी गर्ने क्रममा सोमबार बिहान उनीहरूको शव फेला परेको हो।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १३:१३