पैदल हिँड्दै गरेकी महिलाको गलाको सिक्री थुत्ने धादिङका दीपेश पक्राउ
१२ साउन, काठमाडौं । पैदल हिँड्दै गरेकी महिलाको गलाको सिक्री थुतेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ घर भइ कलंकी बस्दै आएका ३१ वर्षीय दीपेश लम्साल छन् ।
प्रहरी वृत्त कालिमाटीको टोलीले उनलाई कलंकीबाट पक्राउ गरेको हो । दीपेशले साउन ९ गते दिउँसो ४ बजेतिर काठमाडौं महानगरपालिका–१४ लामपाटीस्थित सडकमा हिँड्दै गरेकी ७३ वर्षीया रुकमिणी रायमाझीको गलाको सिक्री थुतेर फरार भएका थिए ।
उनको १ तोला २५.८ लालको सिक्री चोरी गरेर फरार भएको र सोही दिउँसो साढे ५ बजेतिर प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध चोरीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १२:४०