पुरानो लाभांश बुझिलिन तारागाउँ रिजेन्सी होटल्सको आग्रह
१२ साउन, काठमाडौं। तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले विभिन्न आर्थिक वर्षमा वितरण गरेको पुरानो लाभांश लिन बाँकी सेयरधनीलाई बुझिलिन आग्रह गरेको छ।
कम्पनीले एक सूचना जारी गर्दै विभिन्न आर्थिक वर्षमा वितरण गरेको लाभांश केही सेयरधनीहरूले लिन बाँकी रहेकोले बुझिलिन आग्रह गरेको जनाएको छ । त्यस्तो सेयरधनीको विवरण सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको वेबसाइटमा राखिएको हुँदा सोही अनुसारको विवरण अद्यावधिक गरी आफ्नो संकलन गर्न बाँकी रकम प्राप्त गर्न कम्पनीले जनाएको छ ।
यस्तै विभिन्न आवमा वितरण गरेको बोनस सेयरको प्रमाणपत्र संकलन गरी उक्त सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार ०९:५६














