१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने

१२ साउन, काठमाडौं । रिज लाइन इ्रनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ ।

साउन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ ४ गते ललितपुरमा रहेको होटल हिमालयमा साधारण सभा बोलाएको हो । सभा अपरान्ह ३ बजेदेखि सुरू हुनेछ ।

सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र आईपीओबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै, सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरु पारित गर्ने र सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नगद लाभांश स्वीकृत गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार ०९:११