२ आश्विन २०८२, बिहीबार | Fri Sep 19 2025

केपी ओलीको प्रतिरक्षाका नाममा पत्रकारलाई ज्यान मार्ने धम्की, सुरक्षा दिन प्रहरीलाई पत्र

११ साउन, काठमाडौँ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षा गर्ने नाममा युवा संघ नेपालका केन्द्रीय सदस्य मंगल बहादुर थापाले पोष्टखबर डटकमका सम्पादक प्रदिप भट्टराईलाई ज्यान मार्ने धम्की दिएका छन् ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका महासचिव रामचन्द्र अर्यालले विज्ञप्ति मार्फत प्रतिष्ठानका सदस्य तथा सम्पादक भट्टराईलाई युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका मंगल बहादुर थापाले दिएको ज्यान मार्ने धम्की दिएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले प्रतिष्ठानका सदस्य तथा पोष्टखबर डटकमका सम्पादक प्रदिप भट्टराईलाई युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका मंगल बहादुर थापाले दिएको ज्यान मार्ने धम्कीप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले जारी गरेको विज्ञप्ति ।

विज्ञप्तिमार्फत महासंघले पत्रकार भट्टराईलाई दिइएको ज्यान मार्ने धम्की प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य(मान्यतामाथिको गम्भीर हमला भएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस्ता क्रियाकलाप प्रेस स्वतन्त्रताको खिल्ली उडाउने गैरजिम्मेवार, आपराधिक र निन्दनीय कार्य हुन्।’

महासंघले पत्रकारलाई ज्यान मार्ने धम्की दिने कार्यप्रति भर्त्सना गर्दै राज्य संयन्त्र र जिम्मेवार निकायलाई यस्ता कार्यमा संलग्न व्यक्तिलाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ। साथै, पत्रकारको सुरक्षामा कुनै किसिमको सम्झौता नहुने स्पष्ट पार्दै प्रेस तथा पत्रकारमाथि हुने आक्रमणलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले ज्यानको सुरक्षाका लागि प्रहरी बृत्तमा लेखेको पत्र ।

थापाले भाने फेसबुकमा टिप्पणी लेख्दै पार्टी अध्यक्षका बारेमा लेखेको टिप्पणी हटाउनका लागि सम्झाएको दाबी गरेका छन । उनले भट्टराईलाई आफूले पत्रकारको रूपमा नचिनेको पनि बताएका छन ।

यसैगरी भट्टराईले थापाले ज्यान लिने धम्की दिएको भन्दै प्रशासनमा उजुरी दिएका छन । भट्टराईको उजुरीमा सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालयले प्रहरी बृत्त बौद्धलाई पत्र लेख्दै सुरक्षाका लागि अनुरोध गरेको छ ।

यसैबीच प्रदेश समितिको विज्ञप्तिका आधारमा थप खबरदारी गर्ने नेपाल पत्रकार महासंघ केन्द्रले प्रदेश समितिको विज्ञप्तिको तीन दिन भएपनि अहिलेसम्म कुनै विज्ञप्ति जारी गरेको छैन । पत्रकारका आफन्तको निधनमा समेत विज्ञप्ति निकालेर शोक मनाउने महासंघको केन्द्रीय समितिले पत्रकारलाई ज्यान मार्ने धम्की दिँदा समेत नबोल्नुले महासंघ माथि सत्ताको छायाँ परेको भन्दै कतिपयले टिप्पणी गरेका छन ।

dainiki.com

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १८:५८