कुथेली बुखरी स्मल हाइड्रोका सञ्चालक सुमित्रा खरेलको राजीनामा स्वीकृत
११ साउन, काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरका सञ्चालक सुमित्रा खरेलले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफ्नो व्यवस्ताको कारण देखाउँदै पदबाट राजीनामा दिनुभएको हो ।
उहाँले असार १५ गते राजीनामा पेश गरेको र साउन ९ गते राजीनामा स्वीकृति समेत भइसकेको कम्पनी सचिव हरि दत्त जोशीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १७:२९









