७०४ महिलाले आरोहण गरे सगरमाथा
११ साउन, काठमाडौं । ७ सय ४ महिला आरोहीले सगरमाथा चुचुरोको सफल आरोहण गरेका छन् । पर्यटन विभागले सार्वजनिक गरेको गरेकाे सन् २०२४ अन्तिमसम्मको सगरमाथा र अन्य हिमालको आधिकारिक तथ्यांक अनुसार सगरमाथा चुचुरो पुग्ने महिला आरोहीकाे संख्या ७ सय ४ पुगेको हो ।
सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही जापानकी जुनको ताबेई हुन् रहेकी छिन् । उनले सन् १९७५ मा यो कीर्तिमान बनाएकी थिइन् । त्यस्तै, नेपालबाट पहिलो सगरमाथा आरोहण गर्ने महिला पासाङल्हामु शेर्पा हुन् । उनले सन् १९९३ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । आरोहण गरी फर्कने क्रममा उनको निधन भएको थियो ।
७०४औं महिला भारतकी रिना देवीले सगरमाथा आरोहण गरेकी छिन् । उनले मे २०२४ मा सगरमाथा चढेकी थिइन् ।
प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १६:५२









