१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

नयाँ बैंकको लाइसेन्स तत्कालै बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको बताउनुभएको छ ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा ढुंगानाले यस्तो बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंकले २ वर्षअघि बैंकहरुको संख्या १५–१८ को हाराहारीमा हुनुपर्ने भन्दै रिपोर्ट निकालेको र अहिले फेरि नयाँ खुलाउनुपर्छ भन्दै धमाधम नयाँलाई लाइसेन्स दिन नहुने बताउनुभयो ।

उहाँले कतिवटा बैंकहरु उपयुक्त हुन्छ भन्ने सन्दर्भमा राष्ट्र बैंकले अध्ययन समेत गरेको बताउनुभएको छ । २ वर्षअघि एउटा अध्ययन गरेर बैंकहरुको संख्या निर्धारण गर्ने अहिले त्यसैलाई मिचेर नयाँ लाइसेन्स दिने कुरा सम्भव नहुने ढुंगानाले बताउनुभयो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १६:३४