शिवम् सिमेन्टसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
११ साउन, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजामा गिरावट आएको छ । यस दिन नेप्से २३.९३ अंकले घटेर २९५८.७१ को बिन्दुमा बन्द भएको छ । आज ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार शिवम् सिमेन्टको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको १ अर्ब २ करोड रुपैयाँको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ८८ करोड ९० लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको ८५ करोड दुई लाख रुपैयाँ, कालिका पावरको ८४ करोड ६५ लाख रुपैयाँ र ग्रीन भेन्चर्सको ७६ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १५:१२













