३० पुष २०८२, बुधबार | Thu Jan 15 2026

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी

११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । युवराज पौडेल (सफल) ले आज राईविरुद्ध उजुरी दर्ता गर्नुभएको हो ।

पौडेलले राईमाथि अनुसन्धान गर्नुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आइतबार उजुरी दर्ता गर्नुभएको हो । अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १३:४६