निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छः डेपुटी गभर्नर ढुंगाना
११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले पछिल्लो समय निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति बढ्दै गएको बताउनुभएकाे छ ।
आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको फ्युचर बैंकिङ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।
साथै, उहाँले डिजिटल बैंकिङ प्रणालीसँगै आर्थिक कारोबार सहज भए पनि वित्तीय अनुशासन र जोखिम व्यवस्थापनमा अझै ध्यान दिनुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे ।
‘मौद्रिक नीति आयो, बजेट आयो र दुबैमा बैंकिङ क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।’ उहाँले भन्नुभयाे, ‘अहिले कारोबार गर्न सजिलो भएको छ, तर सजिलोसँगै खर्च पनि बढिरहेको छ।’
प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १३:२९









