प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
११ साउन, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
यस दिन नेप्से २.२७ अंकले बढेर २९८४.९२ को विन्दुमा पुगेको छ। आइतबार प्रि ओपन सेसनमा ८८ स्टकको २०८ पटकको कारोबारमा १ करोड १७ लाख ४७ हजार ५५२ रुपैयाँ ७० पैसाबराबरको २२ हजार २३९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १०:५८














