पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आईसीएफसी फाइनान्सको आग्रह
११ साउन, काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आव २०७४/७५ को नगद लाभांश लिन छुटेकाहरुलाई उक्त नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।
उक्त नगद लाभांश सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाण्डौंमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ । सो समयभित्र उक्त लाभांश बुझिलिन बाँकी रहेमा सो नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १०:३७












