४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

ग्रीन डेभलपमेन्ट बैंकको नाफा ७९.५३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

११ साउन, काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९.५३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले ३ करोड ८६ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशतले बढेर २० करोड २० लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ६ लाख ७ हजार रुपैयाँ रहेको छ भने वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १०.६७ प्रतिशत छ ।

५६ करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १८ पैसा, प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ११ पैसा र  मूल्य आम्दानी अनुपात १२२.०७ गुणा रहेको छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार ०९:५७