प्राइम बैंकले ग्राहकका खाताहरु बन्द गर्दै, यस्तो छ कारण
९ साउन, काठमाडौं । प्राइम कमर्सियल बैंकले लामो समयदेखि निष्क्रिय रहेका खाताहरू बन्द गर्ने भएको छ । बैंकले १० वर्षदेखि बैंकमा खाता खोलेर पनि कुनै कारोबार नभएको र व्यालेन्स मौज्दात शून्य रहेका सबै खाताहरु बन्द गर्न लागेको हो।
बिहीबार सार्वजनिक सूचना जारी गर्दै बैंकले खातावालहरुलाई ७ दिनभित्र नजिकको शाखा कार्यालय गई आफ्नो खाता सुचारु गराउन अनुरोध गरेको छ । तोकिएको समयसीमाभित्र खाता सुचारु नगरेमा ती खाताहरू स्वतः बन्द हुने बैंकले जनाएको छ ।
प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार १६:२७












