१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

रिभर फल्स पावरले हकप्रद निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

९ साउन, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति  पाएको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका कुल ७० लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार १६:१७