८ भाद्र २०८२, आईतवार | Sun Aug 24 2025

बागमती प्रदेशका ४ मन्त्रीले दिए राजीनामा

९ साउन, काठमाडाैँ ।  बागमती प्रदेशमा नेपाली कांग्रेसबाट नियुक्त ४ मन्त्रीले राजीनामा दिएका छन्। बागमतीका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले शुक्रबार राजीनामा दिएका हुन् ।

उनीहरु चारैजना कांग्रेसबाट मन्त्री बनेका हुन् । उनीहरुले केही दिन अघि मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार १५:२९