१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

आईपीओ निष्काशन गर्दै फेदीखोला हाइड्रोपावर, बोलायो साधारणसभा

९ साउन, काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनको गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३० गते काडमाडौंको बुद्धनगरमा रहेको डिडिआई ब्याङक्वेटमा साधारणसभा बोलाएको हो । सभा दिउसो २ बजे बस्नेछ ।

सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि तथा पुँजीको संरचना परिवर्तन गर्न प्रबन्धपत्रमा संशोधन गर्ने,कम्पनीको आईपीओ सर्वसाधारणमा जारी गर्ने र सो को अख्तियारी दिने, गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने र उक्त अवधिको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा वासलात पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार १४:५२