२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

विराटनगरस्थित  आन्तरिक राजश्व कार्यालयले सवा तीन अर्ब राजश्व सङ्कलन गर्याे

४ माघ, विराटनगर । विराटनगरस्थित  आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको छ महीनाको अवधिमा कूल रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा गत वर्ष रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरिएको थियो । तुलनात्मक रुपमा यस वर्ष सो अवधिमा रु ७१ करोड ५९ लाख ४१ हजार राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताउनुभयो ।

कार्यालयका अनुसार रु तीन अर्ब चार करोड ६४ लाख ५८ हजार राजश्व असुल गर्ने लक्ष्यमा रु १३ करोड ४८ लाख ७३ हजार राजश्व बढी अर्थात् लक्ष्यमा १२९.०३ प्रतिशत प्रगति हासिल भएको प्रमुख गौतमको भनाइ छ ।

सङ्कलित राजश्वमा आयकर रु ९२ करोड ८३ लाख १२ हजार, बहाल कर रु पाँच करोड २१ लाख ८५ हजार, ब्याज कर रु तीन करोड ९५ लाख २३ हजार, मूल्यअभिवृद्धि कर रु ६० करोड १० लाख १४ हजार, अन्तःशुल्क रु एक अर्ब ५२ करोड ११ लाख ८५ हजार, स्वास्थ्य सेवा रु दुई करोड ८२ लाख छ हजार र शिक्षा सेवा शुल्क रु एक करोड नौ लाख छ हजार रहेको छ ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार १८:३७