धौलागिरी लघुवित्तका ३ जना सञ्चालकले एकैपटक दिए राजीनामा
९ साउन, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका ३ जना सञ्चालकले एकैपटक राजीनामा दिएका छन् । कम्पनी सञ्चालक समितिका सदस्य सुमन प्रसाद श्रेष्ठ, शालिकराम शर्मा र गणेश पौडेलले एकैपटक राजिनमा दिएका हुन् ।
उनीहरुको राजीनामा साउन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार १३:१५