३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

केपीको `कु´विरूद्ध विद्या बोल्ने, यस्तो छ साइत

८ साउन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृ विद्यादेवी भण्डारीको सदस्यतामा गरेको `कु´का विरूद्धमा पत्रकार सम्मेलन मार्फत धारणा सार्वजनिक हुने भएको छ ।

शुक्रबारको साइतमा एमालेको पूर्व उपाध्यक्ष समेत रहनुभएको भण्डारीले केपीको `कु´बारे धारणा राख्ने हुनुभएको उहाँको निकट नेताहरूले बताएका छन । उनीहरूका अनुसार भोलि शुक्रबार दिउँसो ३ बजे कार्की ब्यांकेट बबरमहलमा पत्रकार सम्मेलन हुनेछ ।

पत्रकार सम्मेलनमा विद्या निकट नेता कार्यकर्ता समेत उपस्थित हुनेछन । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले चर्को होहल्का बीचमा सदस्यता माथि `कु´ गरेको घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार २०:२९