१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नेपाल राष्ट्र बैंकले ५ अर्बको रिपो जारी गर्दै

४ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको रिपो बोलकबोलमा बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत यही माघ ६ गते बोलकबोलमार्फत एक हप्ता अवधिको लागि रिपो बिक्री गर्न लागेको हो ।

उक्त रिपो यही माघ १३ गतेसम्मका लागि अर्थात् सात दिनका लागि मात्रै उपलब्ध गराइनेछ । बैंकले ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार १८:२६