आईपीओ निष्काशन गर्दै नेबिको, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
८ साउन, काठमाडौं । नेबिको लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २० करोड मूल्य बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
कम्पनीले उक्त सेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच साउन ८ गते सिद्धार्थ क्यापिटल लिमिटेडको नक्साल, काठमाडौं स्थित कार्यालयमा सेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो ।
नेबिको तर्फबाट अध्यक्ष राज बहादुर सिंह र सिद्धार्थ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार १७:४७













