१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

८ साउन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । यस दिन नेप्से ४.४८ अंकले बढेर २९९३.३६ को विन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा कारोबार भएको २२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहीबार चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन ग्रिन भेन्चर्स लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र श्वेत गंगा हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार १५:१८