१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

छुट्ला है ! दुई कम्पनीको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन

८ साउन, काठमाडौं । दुई कम्पनीको आईपीओमा आवेदन दिने भोलि साउन ९ गते शुक्रबार अन्तिम दिन रहेको छ । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने भोलि अन्तिम हो ।

बन्दीपुर केवलकारले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साउन ६ गतेदेखि आईपीओ निष्काशन गरेको थियो । धितोपत्र बोर्डले केही दिन अघिमात्रै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गर्ने १५ दिनको अवधिलाई छोट्याएर ४ दिन कायम गरेकाले बन्दीपुरको आईपीओमा आवेदन दिने अवधि छोट्टिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । कम्पनीले आयोजना प्रभावितलाई ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई ५ लाख २९ हजार ४०० कित्ता आईपीओ निष्कासन गरिरहेको छ ।

त्यस्तै, स्वस्तिक लघुवित्तले  वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार २७ गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो। जसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २३ हजार १०० कित्ता आईपीओ निष्कासन गरिरहेको छ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार १५:०२