१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025

अग्नि ग्रुपको नयाँ लजिस्टिक्स सेन्टर हेटौँडामा, तीन नयाँ गाडी सार्वजनिक

७ साउन, मकवानपुर । अग्नि ग्रुपले अग्नि लजिस्टिक्स प्राइभेट लिमिटेडमार्फत हेटौँडामा नयाँ ‘लजिस्टिक्स सेन्टर’ सुरू गरेको छ भने अग्नि इन्कर्पोरेटेड प्रा.लि.मार्फत महिन्द्राका २ नयाँ गाडीहरू, महिन्द्रा बोलेरो नियो एसयुभि र महिन्द्रा जियो इभि पनि एकैसाथ सार्वजनिक गरेको छ ।

श्रावण ७ गते बुधबार हेटौँडामा सम्पन्न विशेष ‘लजिस्टिक्स उद्घाटन तथा प्रोडक्ट लन्च समारोह’ मार्फत नयाँ ‘लजिस्टिक्स सेन्टर’को शुभारम्भ तथा गाडीहरूको सार्वजनिकिकरण गरिएको हो । समारोहमा बागमती प्रदेशका मुख्य सचिव  भुपाल बराल, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताषा श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्राका ‘नेपाल, भुटान र बंगलादेश’का लागि क्षेत्रीय प्रबन्धक चैतन्य कागलकर, अग्नि ग्रुपका विशेष पदाधीकारीहरू, महिन्द्रा एण्ड महिन्द्राका विशेष पदाधीकारीहरू, नेपालका लजिस्टिक्स विशेषज्ञहरू, मिडिया तथा व्यावसायिक ग्राहकवर्गको उपस्थिति रहेको थियो । समारोहमा बागमती प्रदेशका मुख्य सचिव भुपाल बराल  र अग्नि ग्रुपका अध्यक्ष  क्याबिनेट श्रेष्ठले ताम्रपत्र अनावरण गरी लजिस्टिक्स सेन्टरको उद्घाटन गर्नुभयो ।

महिन्द्राका दुई नयाँ सवारी साधनहरू महिन्द्रा जिओ र महिन्द्रा बोलेरो नियो पनि नेपालमा सार्वजनिक गरिएको छ । महिन्द्राको नयाँ एसयुभि महिन्द्रा बोलेरो नियोमा १४९३ सिसिको एमहक १०० बिएसभिआइ इन्जिन, थर्ड जेनेरेसन स्कोर्पियो च्यासिस, ३८४ लिटरको फराकिलो बुट स्पेस, ७-सिटर कन्फिगरेसन तथा प्रिमियम इटालियन लेदर इन्टेरियरले सुसज्जित रहेको छ । यो सुविधाले व्यावसायिक होस् वा निजि पारिवारिक, हरेक यात्रालाई अझै आरामदायी र सुविधाजनक बनाउँछ । ‘सहयात्री तपाईंको, हरेक यात्राको’ को स्लोगनसहित सार्वजनिक गरिएको महिन्द्रा बोलेरो नियो, नेपाली एक बहुउपयोगी एसयुभि हो । नेपाली भूगोलको लागि निर्मित महिन्द्रा बोलेरो नियोले महिन्द्रा बोलेरोको वर्षौँदेखिको विश्वासलाई कायम गर्दै व्यक्ति तथा व्यवसायीहरूलाई हरेक यात्रामा सहयात्रीको रूपमा साथ दिन्छ ।

त्यसैगरी समारोहमा महिन्द्रा लास्ट माइल मोबिलिटि अन्तर्गतको नयाँ महिन्द्रा जिओ २ फरक भेरियन्टमा सार्वजनिक गरिएको छ – ‘इभि डेलिभरी भ्यान’ र ‘इभि पिक-अप’ । महिन्द्रा जिओ व्यावसायिक प्रयोजनको लागि तयार पारिएको विद्युतीय गाडी हो । ‘अघि बढ्छ व्यवसाय बिजुलीको गतिमा, जब छ महिन्द्रा जिओ तपाईंको साथमा’ भन्ने स्लोगनसहित सार्वजनिक गरिएको यो सवारी साधन । ३० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर, एकै चार्जमा १६० किमिको रेन्ज, र ३ वर्ष वा १,२५,००० किमिको ब्याट्री वारेन्टिले यसलाई व्यावसायिक प्रयोगकर्ताहरूको लागि भरपर्दो र किफायती विकल्पको रूपमा रहेको छ । कम सञ्चालन लागतमा सहरभित्र दैनिक खाद्यान्न, खानेपानी, तरकारी इत्यादी उपभोग्य वस्तुहरू डेलिभरी गर्नको लागि महिन्द्रा जिओ एक उपयुक्त विकल्प रहेको छ ।

अग्नि लजिस्टिक्सका लजिस्टिक्स सेन्टरहरू – काठमाडौँ महानगरपालिका वडा नं. १५ सानोभर्‍याङ, हेटौँडा उपमहानगरपालिका वडा नं ७ न्युरेनि, इटहरी उपमहानगरपालिका वडा नं. १ आपगाछी र भैरहवा नजिक रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४, बसन्तपुर गरी देशभर चार स्थानमा रहेका छन् । कम्पनिका सबै लजिस्टिक्स सेन्टरहरू राजमार्ग तथा विमानस्थलको निकट पहुँच भएको र प्रदेशका मुख्य व्यापारिक क्षेत्रहरूमा पर्दछन् ।

नेपाली व्यवसायहरूको मेरुदण्डको रूपमा काम गर्दै, उन्नत र कार्यकुशल (इफिसियन्ट) लजिस्टिक्स सुविधालाई ग्राहकनजिक पुर्‍याउने प्रतिबद्धतालाई पूर्णता दिँदै सुरू गरिएको नव उद्घाटित लजिस्टिक्स सेन्टर तथा वेयरहाउस अत्याधुनिक पूर्वाधारले भरिपूर्ण रहेको छ । काठमाडौँको लजिस्टिक्स सेन्टरले १७,६५० वर्गफिटको क्षेत्रफल ओगटेको छ जुन १० वटा भलिबल कोर्ट बराबर हो । उक्त क्षेत्रफलमा ११८ वा प्यालेट पोजिसन रहेको छ जसमा ५७६ वटा लङस्प्यान सेल्भिङ सुविधासहित कुल भण्डारण क्षमता ९७७ घनमिटर (सिबिएम) रहेको छ ।

त्यसैगरी हेटौँडास्थित लजिस्टिक्स सेन्टरमा कुल ३३,१६७ वर्गफिटको क्षेत्रफलमा २,२०० घनमिटरको कुल भण्डारण क्षमता, १०५० वटा प्यालेट पोजिसन र ४३२ वटा लङस्प्यान सेल्भिङ सुविधा रहेको छ । त्यसैगरी, भैरहवास्थित लजिस्टिक्स सेन्टरमा कुल ३७,६६२ वर्गफिटको क्षेत्रफल रहेको छ जुन २१ वटा भलिबल कोर्ट बराबर हो । उक्त क्षेत्रफलमा २,४९८ घनमिटरको कुल भण्डारण क्षमता उपलब्ध रहेको छ जसमा ६०६ वटा प्यालेट पोजिसन र १,४०५ वटा लङस्प्यान सेल्भिङ सुविधा रहेको छ । त्यसैगरी, इटहरीको लजिस्टिक्स सेन्टर कुल ७,२७२ वर्गफिटको क्षेत्रफलमा, ३८० घनमिटरको कुल भण्डारण क्षमता उपलब्ध रहेको छ जसमा ९५ वटा प्यालेट पोजिसन र ३०० वटा लङस्प्यान सेल्भिङ रहेको छ ।


अग्नि लजिस्टिक्सको सम्पूर्ण कार्यहरू अत्याधुनिक र विश्वस्तरको लजिस्टिक्स तथा सुरक्षा मापदण्डहरूमा सञ्चालन गरिन्छ । लजिस्टिक्स सेन्टरमा सामग्रीहरू नाप्न-जोख्न, ओसारपसार र व्यवस्थापन गर्न तालिमप्राप्त दक्ष जनशक्ति, फोर्कलिफ्ट, प्यालेट स्ट्याकर, पावर्ड प्यालेट ट्रक, ह्यान्ड प्यालेट ट्रकजस्ता उपकरणहरूको व्यवस्था गरिएको छ । सामग्रीको सुरक्षामा ध्यान दिँदै लजिस्टिक्स सेन्टरले चौबिसै घण्टा सिसिटिभि निगरानी, स्मोक डिटेक्टर, फायर हाइड्रेन्ट्स र फायर एक्सटिङग्विसर आदिको व्यवस्था गरेको छ ।

साथै, डिजिटल युगको आवश्यक्तालाई ध्यानमा राख्दै, डिजिटल लाइभ इन्भेन्टरि ड्यासबोर्ड, डिजिटल इन-आउट र भुक्तानी हिस्ट्रि आदिको सुविधा पनि रहेको छ । विभिन्न दस्तावेजहरू भण्डारण गर्न क्लाइमेट-पेस्ट-कन्ट्रोल, र चौबिसै घण्टा सुरक्षा र सर्भेलेन्ससहित विकेन्द्रिकित भण्डारण सुविधा रहेको छ । त्यसैगरी देशको हरेक कुनामा ढुवानी सम्भव हुनेगरी कम्पनिले जनरल क्यारियर, बाइक क्यारियर, प्लेटफर्म ट्रक, क्रेन-माउन्टेड ट्रक, वा बोलेरो पिक-अप जस्ता क्यारियर आदिद्वारा इन्टरसिटि (एक सहरदेखि अर्को सहर) र इन्ट्रासिटि(सहरभित्र) छिटो र भरपर्दो डेलिभरि सेवा प्रदान गर्दछ । यसअन्तर्गत दक्ष र अनुभवी ड्राइभरहरूसहित, रियल टाइम ‘जि-पि-एस’ ट्र्याकिङको सुविधाको व्यवस्था रहेको छ ।

कम्पनिले विभिन्न प्रकारका ग्राहकहरूलाई थ्रिपिएल सेवा अन्तर्गत खरिद (प्रोक्युरमेन्ट) लजिस्टिक्स, भन्सार क्लियरेन्स, भेन्डर व्यवस्थापन, इम्पोर्ट-एक्सपोर्ट डकुमेन्टेसन तथा अन्य भ्यालु-एडेड सेवा लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ । वेयरहाउसअन्तर्गत सवारी साधन तथा अटो पार्ट्स्‌को गोदाम व्यवस्थापन, फास्ट मुभिङ कन्ज्युमर गुड्स (एफएमसिजि), इ-कमर्स आदिको मालसामानहरू ‘पिक-अप, प्याकिङ, सिपिङ, सामान-फिर्ता व्यवस्थापन आदि सेवा प्रदान गर्दछ । कम्पनिले आफ्नो लजिस्टिक्स सेन्टरहरूमा ‘पि-डि-आइ (प्रि-डेलिभरि-इन्सपेक्सन)’ प्रणाली अवलम्बन गर्दछ जसले यस सेन्टरबाट वितरण हुने प्रत्येक मालसामानहरूको गुणस्तरलाई विभिन्न बुँदामा जाँच गर्दै सुरक्षा र सही डेलिभरि सुनिश्चित गर्दछ । यिनै सुविधा, संरचना र प्रतिबद्धतासहित अग्नि लजिस्टिक्सले नेपालमा लजिस्टिक्सको गुणस्तरमा नयाँ मापदण्ड स्थापित गरेको छ ।

अग्नि लजिस्टिक्स सेन्टरहरूमा लजिस्टिक्स सेवाहरूसँगै अग्नि ग्रुपअन्तर्गतका विभिन्न सेवाहरू पनि एकैठाउँमा उपलब्ध रहेको छ । यसअन्तर्गत अग्नि हायर पर्चेज प्रा.लि. मार्फत व्यावसायिक सवारी खरिदमा सहज वित्तीय सुविधा उपलब्ध रहेको छ । त्यसैगरी लजिस्टिक्स सेन्टरमा, अग्नि इन्कर्पोरेटेड प्रा.लि.मार्फत महिन्द्राको नयाँ एसयुभि तथा इलेक्ट्रिक गाडीहरूको प्रदर्शन तथा विक्रीको सुविधा उपलब्ध रहेको छ । साथै, अग्नि मोटो-इन्क प्रा.लि.मार्फत महिन्द्राको दुइ-पाङ्ग्रे मोटरसाइकल तथा स्कुटरहरू प्रदर्शन र विक्रीको सुविधा पनि उपलब्ध छ । अग्नि इक्विपमन्ट प्रा.लि. मार्फत निर्माण उपकरण तथा मेसिनरिहरूको सप्लाई, विक्री आदिको सुविधा रहेको छ ।


महिन्द्राको आधिकारिक सेवा केन्द्र बालाजु अटो वर्क्स् प्रा.लि. मार्फत महिन्द्राको चार पाङ्ग्रे गाडीहरूको सर्भिस, पार्ट्स् र स्पेयर सेवा उपलब्ध रहेको छ । त्यसैगरी महिन्द्राकै सर्टिफाइड प्रि-औन्ड कार कम्पनि अग्नि आस्था प्रा.लि. मार्फत महिन्द्राको २००-पोइन्ट परिक्षण पास गरेको प्रि-औन्ड एसयुभि तथा गाडीहरू उत्कृष्ट मूल्यमा उपलब्ध रहेको छ ।

अग्नि लजिस्टिक्सजस्ता नयाँ लजिस्टिक्स सेन्टरहरू खुल्नु नेपालमा पूर्वाधार क्षेत्रको विकासको लागि एक महत्त्वपूर्ण उपलब्धी हो । देशको व्यवसाय क्षेत्रमा प्रविधि र पूर्वाधारको कमिलाई मध्यनजर गर्दै, अग्नि लजिस्टिक्सले भरपर्दो थ्रिपिएल सेवामार्फत व्यवसायलाई अझ क्षमतावान र चलायमान बनाउने भूमिका खेल्न प्रतिबद्ध रहेको छ । त्यसैगरी वर्षौँदेखि व्यावसायिक सवारी तथा अटोमोटिभ क्षेत्रमा नेपाली ग्राहकहरूको विश्वास जित्न सफल अग्नि इन्कर्पोरेटेड, ग्राहकहरूको आवश्यक्तालाई मध्यनजर गर्दै अझै नयाँ र भरपर्दो सवारी साधनहरू सजिलै उपलब्ध गराउन प्रतिबद्ध रहेको छ । अग्नि ग्रुप, आफ्नो व्यवसायमा भण्डारण र इन्भेन्टरिको चिन्ताबाट मुक्त भई व्यवसायमा केन्द्रित हुन चाहनुहुने सम्पूर्ण महानुभावहरूलाई अग्नि लजिस्टिक्सको ‘लजिस्टिक्स सेन्टर’मा गई थप जानकारी लिनुहुन र अग्नि महिन्द्राको सोरुममा गई नयाँ महिन्द्रा गाडीहरूको अनुभव गर्न आह्वान गर्दछ ।

अग्नि लजिस्टिक्स प्राइभेट लिमिटेडको बारेमा:
अग्नि लजिस्टिक्स प्रा.लि., सन् २०१८ मा स्थापित अग्नि ग्रुपअन्तर्गतको ‘थर्ड पार्टि(तेस्रो पक्ष) लजिस्टिक्स (थ्रि-पि-एल)’ सेवा प्रदायक हो । कम्पनिले ग्राहक सन्तुष्टिमा केन्द्रित रहँदै, “सशक्तिकरण, समृद्धि र विकास” को मान्यतालाई अँगाल्दै लजिस्टिक्स वा ढुवानीलाई छिटो बनाउने, कार्यकुशल र भरपर्दो ‘थ्रि-पिएल’ सेवा प्रदान गर्ने र नेपालकै सबैभन्दा ठूलो लजिस्टिक्स कम्पनि बन्ने उद्देश्य लिएको छ । कम्पनिले खरिद, लजिस्टिक्स, भन्सार क्लियरेन्स, भण्डारण तथा अन्य भ्यालु-एडेड सेवा लगायतका सेवाहरू प्रदान गर्दछ । अग्नि लजिस्टिक्स, व्यवसायमा एक भरपर्दो थ्रि-पि-एल साझेदार हो जसले ग्राहकको सफलतालाई प्राथमिकता राख्दै प्रतिस्पर्धीहरूको तुलनामा अलग्गै पहिचान बनाएको छ । कम्पनिले स्थापनाकालदेखि विभिन्न आन्तरिक र बाह्य कम्पनिहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ जसमा बालाजु अटो वर्क्स्, अग्नि इन्कर्पोरेटेड, अग्नि मोटो-इन्क, कन्ज्युमर एक्सेस, सिजि-मोटर्स्, होराइजन नेपाल, डब्लुएसपि, भोइथ आदि पर्दछन् । थप जानकारीका लागि वेबसाइट agnilogistics.com.np मा भिजिट गर्नुहोस् ।

अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडको बारेमा:
अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेड, नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक वितरक हो । थप जानकारीका लागि वेबसाइट www.agnigroup.com.np/agni-incorporated-private-limited मा भिजिट गर्नुहोस् ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार २३:२०