२५ मंसिर २०८२, बिहीबार | Thu Dec 11 2025

बीमा प्राधिकरणबाट राधा पोखरेलको राजीनामा

७ साउन, काठमाडौं । नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले राजीनामा दिनुभएको छ । पोखरेलले गत साउन ५ गते प्राधिकरणको सञ्चालक पदबाट राजीना दिनुभएको हो ।

व्यक्तिगत कारण देखाउदै पोखरेलले राजीनामा दिनुभएको हो । उहाँको राजीनामा स्वीकृत भएको छ । पोखरेल २०८१ चैत १ गतेदेखि लागू हुनेगरी चार वर्षको लागि प्राधिकरणको सञ्चालकको रुपमा नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार १४:२६