नुवाकोटको पिपलटारमा दुईवटा मोटरसाइकल ठोक्किदा तीन जना घाइते
७ साउन, नुवाकोट । नुवाकोटको पिपलटारमा दुईवटा मोटरसाइकल ठोक्किदा तीन जना घाइते भएका छन । जिल्लाको विदुर नगरपालिका वडा नम्बर ५ को पिपलटार चोकमा दुईवटा मोटरसाइकल ठोक्किदा तीन जना घाइते भएका छन ।
मंगलबार साँझ अन्दाजी ६ बजेतिर गल्छी त्रिशुली सडक खण्डमा गल्छीबाट बट्टारतर्फ जाँदै गरेको बा.प्र.०२-०३४ प ९९८५ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउदै गरेको बा प्र.०२-०३५ प १२०९ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

नुवाकोट प्रहरीका प्रवक्ता डिएसपी विक्रम लामाका अनुसार दुर्घटनामा बिदुर नगरपालिका वडा नम्बर ६ इनारपाटीमा बस्ने बर्ष २४ का सुसान्त पौडेल, विदुर नगरपालिका वडा नम्बर १२ कै वर्ष ४० का सरोज पौडेल र विदुर १२ कै बर्ष ३७ को सिता रिमाल पौडेल रहनुभएको छ । उहाँहरू सबैको त्रिशुली अस्पतालमा उपचार भैरहेको छ ।
प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार १९:५३









