१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

६ साउन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । यस दिन नेप्से ८१.७७ अंकले बढेर २९७४.५० को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेपाल रिइन्स्योरेन्स (पुर्नबीमा) कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७१ करोड ८८ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्ट्सको ६८ करोड ८३ लाख १८ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ५६ करोड १ लाख २८ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको ५१ करोड ६७ लाख ५ हजार रुपैयाँ र ङादी ग्रुप पावरको ४६ करोड ३५ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार १५:१३