७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

काठमाडौंबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

६ असार, काठमाडौं । काठमाडौंबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चीनको सियाचिन घर भई ज्याठा बस्दै आएका ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ छन्।

ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूबाट दुई केजी सुन र २४ लाख नगद  बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार १२:५६