१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

नेप्सेमा ६ लाख १० हजार कित्ता बोनस सेयर सूचीकृत

५ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज कम्पनीको ७ प्रतिशत बोनस बापतकाे ६ लाख १० हजार ९९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । सोही मध्येको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १६:४४