१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

२१.७६ अंकले बढ्यो नेप्से, दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट

५ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से २१.७६ अंकले बढेर २८९२.७२ को विन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

साेमबार नेपाल रिइन्स्योरेन्स (पुर्नबीमा) कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७५ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयरमा सकारात्मक सर्किट लाएको हो । ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर यस दिन नकारात्मक सर्किट लागेकाे छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १५:३०