३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

सप्तकोशी नदीमा बालक बेपत्ता

५ साउन, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन् । भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ११ वर्षीय छोरा दीपेश नदीमा बेपत्ता भएको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

तीन जना सँगै नुहाउन गएकामा दुई जना सकुशल बाहिर आएको र दीपेश बेपत्ता भएको उहाँले बताउनुभयो । बेपत्ता दिपेशको नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १३:२७