प्रि ओपन सेसनमा करिब साढे ३ अंकले बढ्यो नेप्से
५ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंकले बढेर बन्द भएको छ।
यस दिन सो सेसनमा नेप्से ३.३३ अंकले बढेर २८७४.२९ विन्दुमा पुगेको छ। सोमबार प्रि ओपन सेसनमा ६५ स्टकको १३३ पटकको कारोबारमा १ करोड १६ लाख ६५ हजार ६४४ रुपैयाँ ८० पैसाबराबरको १४ हजार ५०३ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार ११:०१














