२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने धादिङका सुदिप पक्राउ

५ साउन, काठमाडौं । वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको नेत्रावती घर भइ भक्तपुर मध्यपुर थिमीमा बस्ने २९ वर्षका सुदिप सापकोटा रहेका छन् ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि ग्रीस लैजाने भन्दै सुदिपले लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको भन्दै पीडितले जाहेरी दिएका थिए । पीडितको जाहेरीको आधारमा अनुसन्धान गर्दा उनलाइ काठमाडौं महानगरपालिका १५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १०:१०