रूपन्देही-३ को उपनिर्वाचन, असोज २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
४ साउन, काठमाडाैं । निर्वाचन आयोगले रूपन्देही-३ मा हुने उपनिर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आगामी कात्तिक १७ गतेका लागि तय भएको उपनिर्वाचनका लागि आयोगले आइतबार कार्यतालिका सार्वजनिक गरेको हो।
असोज ११ गते बिहान १० बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । सो दिन बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनय दर्ता हुने कार्यक्रम स्वीकृत भएको आयोगले जनाएको छ । सोही दिन साँझ ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने स्वीकृत कार्यक्रममा उल्लेख छ ।
असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारको प्रारम्भिक सूचि सोही दिन साँझ ५ देखि ७ बजेभित्र प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ।
उम्मेदवारको सूचीमा उजुरी दिन असोज २२ बिहान १० देखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। सोही दिन ३ बजेदेखि भोलिपल्ट असोज २३ गते बेलुका ५ बजेसम्मा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवंं निर्णय हुने आयोगले जनाएको छ ।
त्यस्तै, असोज २३ गते बेलुकी ५ देखि ७ बजेसम्मा उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै, असोज २४ गते बिहान १० देखि १ बजेसम्ममा उम्मेदवारहरूले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ।
दिउँसो ३ देखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने बताइएको छ । कात्तिक १७ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।
२०७९ को आम निर्वाचनमा रूपन्देही-३ बाट राप्रपाका दीपक बोहरा निर्वाचित हुनुभएकाे थियाे। उहाँको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार १६:३१









