दुई कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
४ साउन, काठमाडौं । विभिन्न दुई कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । शिवश्री हाइड्रोपावर र सिटी होटलले हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।
यी दुबै कम्पनीले बोर्डबाट साउन ४ गते आइतबार बोर्डबाट हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएका हुन् । नेपाल धितोपत्र बोर्डबाट शिवश्री हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न स्वीकृती पाएको हो । शिवश्री हाईड्रोवारको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स् क्यापिटल रहेको छ ।
त्यसैगरी, सिटी होटलले बोर्डबाट १ः ०.०८० प्रतिशत हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा हाल कायम चुक्ता पूँजीको १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको १ करोड ३३ हजार ९२ लाख कित्ता सेयर निष्काशन गर्ने भएको हो । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा प्रभू क्यापिटल रहेको छ ।
प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार १५:०५













