८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

माओवादीको बाटो हुँदै एमाले फर्कदै अजम्बर काङमाङ राई

९ चैत, काठमाडौँ । संघीय समाजवादी फोरमका केन्द्रीय सचिव अजम्बर  काङमाङ राई मओवादीको बाटो हुँदै नेकपा एमालेमा आउने तयारीमा लागेका छन । उनले माओवादी प्रवेशका लागि संघीय समाजवादी फोरम पार्टी त्याग गरेका छन ।

आजै उनी माओवादीमा प्रवेश गर्दैछन । अजम्बरले एमाले र माओवादी दुवै पार्टीका नेताहरुसँग कुरा गरेरै आफू कम्युनिस्ट आन्दोलनमा फर्किन लागेको प्रतिक्रिया दिएका छन ।

माओवादी र एमालेबीच पार्टी एकीकरणको अन्तिम तयारी भैरहेको समयमा राईले पुरानै घर फर्कने रहर गरेका हुन । उनी ५ वर्षअघि नेकपा एमालेमा जातीय सवालमा फरक मत राख्दै विद्रोह गरेर हिडेका थिए ।

युवा संघका पूर्वअध्यक्ष समेत रहेका काङमाङ त्यतिखेर एमालेभित्र प्रखर बौद्धिक नेताका रुपमा परिचित थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ११:४१