१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

यो साता १३९ अंकले बढ्यो बजार

२ साउन, काठमाडौं । सेयर बजारमा सुधार आएको छ । यो साता सेयर बजार ५.०८ प्रतिशत अर्थात् १३९ अंकले बढेको छ । गत साता २७३१ मा बन्द भएको बजार यो साता २८७० अंकमा बन्द भयो ।

यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिन कारोबार हुँदा एक दिन घट्यो भने ४ दिन बढ्यो । यतिबेला बजार ४ महिना यताकै उच्च विन्दुमा छ ।

पहिलो काराेबारकाे दिन आइतबार नेप्से २९ अंक बढेर ११ अर्ब ४१ करोडको कारोबार भएकाे थियाे । सोमबार भने नेप्से ३५ अंक घटेर ८ अर्ब १७ करोडकाे काराेबार भएकाे थियाे । मंगलबार फेरि नेप्से ३४.४६ अंक बढेर ९ अर्ब ४१ करोडकाे काराेबार भएकाे थियाे । बुधबार ३४.६१ ले बढेर १४ अर्ब ३ करोडकाे काराेबार भयाे भने बिहीबार ७५.८४ बढेर १६ अर्ब ५९ करोडको कारोबार भयो । बिहीबारको कारोबार रकम करिब ११ महिना यताकै उच्च हो ।

यो साता बजारमा ५९ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अघिल्लो साता भने ४१ अर्ब ५८ करोड बराबरको सेयर कारोबार भएको थियो । यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुवैमा बढोत्तरी आयो । गत साताको अन्तिम दिन सेयर बजारका लागि अनुकूल मौद्रिक नीति सार्वजनिक भएसँगै यो साता बजारमा उत्साह देखियो ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार १४:२३