हिमालयन बैंकको २ लाख ५ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन्?
२ साउन, काठमाडौं। हिमालयन बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ९ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख ५ हजार २४५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौंको कमलादीमा रहेको बैंकको कानून विभागमा आवेदन दिनु पर्नेछ ।
सेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक रहेकाले मूल्य तथा अन्य सम्बन्धी जानकारीका लागि बैंकको कानून विभागमा सम्पर्क गर्न बैंकले भनेको छ ।
साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार १०:११












