राजपाको संयोजकमा शुक्रबारबाट महेन्द्र राय यादव
३ माघ, काठमाडाैँ । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको संयोजक शुक्रबारबाट परिवर्तन हुने भएको छ । शुक्रबारबाट महेन्द्र राय यादव संयोजक बन्ने करिब निश्चित भएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरपछि गत मंसिर ५ गतेबाट राजेन्द्र महतो संयोजकको जिम्मेवारीमा रहेका थिए।

महतोको संयोजक पदको दुई महिने कार्यकाल समाप्त हुन लागेकाले यादवलाइ संयोजक तोक्न लागिएको हो । राजपाको शुक्रबार बस्ने बैठकले अध्यक्ष मण्डलका सदस्य यादवलाई संयोजकको जिम्मेवारी दिने तयारी छ। गत मंसिर ४ गते बसेको राजपा नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठकबाट राजेन्द्र महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो।
प्रकाशित मिति : ३ माघ २०७५, बिहीबार २३:४०












