नेप्सेमा सान्भी इनर्जीको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?
१ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सान्भी इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको कुल ८८ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणहरुमा वितरण गरेको कुल ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको कुल ५० लाख १० हजार कित्ता सेयर गरी कुल ८८ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि १२०.७४ रुपैयाँदेखि ३६२.२२ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको छ । उक्त सेयर अब आइतबारदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १६:००













