३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

आजदेखि सुनचाँदीमा २ प्रतिशत विलासिता कर कार्यान्वयनमा

१ साउन, काठमाडाैं । सरकारले सुनचाँदीमा लगाएको २ प्रतिशत विलासिता कर आजदेखि कार्यान्वयनमा आएको छ । सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट मार्फत सुन चाँदीमा २ प्रतिशत विलासिता कर लगाएको थियो । आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै यो व्यवस्था पनि कार्यान्वयनमा आएको हो ।

बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा व्यवसायीले ग्राहकलाई बेच्दा तथा ग्राहकले व्यवसायीलाई पुनः बिक्री गर्दा समेत यस्तो कर लाग्ने व्यवस्था आर्थिक ऐनमा व्यवस्था गरिएको छ । अघिल्लो आर्थिक वर्षको १० लाख रुपैयाँभन्दा धेरै खरिदमा मात्रै यस्तो कर लाग्ने व्यवस्था थियो । अब जुनसुकै परिमाणको सुनचाँदी बिक्री गर्दा पनि यो कर तिर्नुपर्नेछ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १२:४१