१९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025

एमाले सचिवालय बैठक आज बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

१ साउन, काठमाडौँ । नेपाल कम्प्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज पार्टी मुख्यालय, च्यासलमा बस्दैछ । एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुने जानकारी दिनुभयो ।

पार्टीको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्नेगरी एमालेले आवश्यक तयारी गरिरहेको छ । यस्तै सोही विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

आज बस्ने एमाले सचिवालय बैठकले पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूचि तय गर्ने कार्यालय सचिव डा अधिकारीले बताउनुभयो ।
यसअघि गत असार ११ गते एमालेको ५३औँ सचिवालय बैठक बसेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार ११:३९