३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

नयाँ आर्थिक वर्षको पहिलो दिनमा बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

१ साउन, काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२/०८३ को पहिलो कारोबारको दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन बुधबार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । यस दिन चाँदीको मूल्य प्रतितोला २ हजार २६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार ११:३३