१९ चैत्र २०८२, बिहीबार | Fri Apr 3 2026

राप्ती हाईड्रोको हकप्रद सेयर बाँडफाँड

१ साउन, काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत असार १ देखि २२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड भएको हो ।

कम्पनीले जेठ ५ गतेसम्म कायम सेयरधनीका लागि १ बराबर १ कित्ताका दरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो।

निष्कासन अवधिभर रीतपूर्वक आवेदन दिएका ७१ हजार ६५ जना सेयरधनीलाई ५४ लाख २३ हजार ८२७ कित्ता सेयर बाँडफाँड गरिएको हो।

बाँडफाँडमा नपरेको सेयर बापतको रकम साउन २ गतेदेखि कनेक्ट आईपीएस मार्फत् सम्बन्धित सेयरधनीको बैंक खातामा पठाइने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १०:३०