१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

हिम स्टार उर्जा कम्पनीको आईपीओ तपाईलाई पर्यो कि ? यसरी हेर्नुहोस् नतिजा

३२ असार, काठमाडाैं। हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीले असार २४ गतेदेखि असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता सेयर निष्काशन गरेको थियो । बिक्री प्रबन्धकका अनुसार आइपीओमा २० लाख ४४ हजार ४५६ जनाको आवेदन परेकोमा १८ लाख ९५ हजार ३७६ जनाको आवेदन सदर भएको थियो ।

आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड भएकाे थियाे । गोलाप्रथाबाट बाँडफाँड गर्दा ७७ हजार ३९७ जनाले मात्रै १० कित्ता सेयर प्राप्त गरेका छन्। ति मध्ये  ५ जनाले ११ कित्ता सेयर पाएका छन् । भने १८ लाख १७ हजार ९७४ जनाको हात खालि भएकाे छ । कम्पनीकाे आइपीओ नतिजा केही समयपछि प्रकाशित हुने छ । आइपीओ नतिजा सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/, बिक्री प्रबन्धकको वेबसाइट: https://www.nicasiacapital.com/ipo-resultर मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार १५:४२