हिम स्टार उर्जाको आइपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता सेयर
३२ असार, काठमाडाैं। हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।
कम्पनीले असार २४ गतेदेखि असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता सेयर निष्काशन गरेको थियो । बिक्री प्रबन्धकका अनुसार आइपीओमा २० लाख ४४ हजार ४५६ जनाको आवेदन परेकोमा १८ लाख ९५ हजार ३७६ जनाको आवेदन सदर भएको थियो ।
आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड भएकाे थियाे । गोलाप्रथाबाट बाँडफाँड गर्दा ७७ हजार ३९७ जनाले मात्रै १० कित्ता सेयर प्राप्त गरेका छन्। ति मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् । भने १८ लाख १७ हजार ९७४ जनाको हात खालि भएकाे छ ।
प्रकाशित मिति : ३२ असार २०८२, बुधबार १५:२९













