१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

स्वस्तिक लघुवित्तको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?

३२ असार, काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ९ करोड बढीको आवेदन परेको छ ।

सीडीएसका अनुसार कम्पीकाे आइपीओमा आज (असार ३२ गते) बिहान १०ः६ बजेसम्म ५७ हजार २१९ जनाले ९ करोड १६ लाख ७ हजार रुपैयाँ बराबरको ९ लाख १६ हजार ७० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ३९.६५ गुणा बढी आवेदन हो ।

स्वस्तिक लघुवित्तले असार २७ गतदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्रतिकित्ता १०० रुपैयाँको दरले २३ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । नेपाल धितोपत्र बोर्डले स्वस्तिकलाई कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिएको थियो ।

जसमध्ये पहिलो चरणमा १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरिएको हो । साथै, ०.५० प्रतिशतले हुने ११ सय ५५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई र ५ प्रतिशतले हुने ११ हजार ५५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।

यसबाहेक बाँकी रहने १ लाख ९५ हजार ५९५ कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गरिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार १२:३६