३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025

सुनको मूल्य भारि गिरावट, कति पुग्यो तोलाको ?

३२ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारि अंकको गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेर यस दिन छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार २७४ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार १०:४८